काठमाण्डु– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय गरेको छ । शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसमिति बैठकले समिति गठनसहित अन्य ५ निर्णय गरेको हो ।
काग्रेसले आगामि निर्वाचनमा सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने निर्णय गरेको छ ।
यस्तै २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीका प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा केन्द्रीय प्रचार प्रसार समिति गठन गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले नेपाली कांग्रेस केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि पार्टीका निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा केन्द्रीय कार्यालय भवन पुनर्निर्माण समिति गठन गर्ने निर्णय गरेको छ ।
यस्तै २०८२ माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट आवश्यक समन्वय गर्न उपसभापति पुष्पा भुसाललाई जिम्मेवारी प्रदान गर्ने निर्णय समेत बैठकले गरेको छ ।




प्रतिक्रिया