कांग्रेसमा महाधिवेशनको किचलो:कार्यकाल एक वर्ष लम्ब्याइने

कांग्रेसमा महाधिवेशनको किचलो:कार्यकाल एक वर्ष लम्ब्याइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको आगामी फागुनमा चार वर्ष पूरा हुँदैछ। विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने फागुनभित्र कांग्रेसको १४औं महाधिवेशन गरिसक्नुपर्ने हुन्छ। तर बाँकी आठ महिनामा महाधिवेशन सम्भव नभएपछि पार्टीका शीर्ष नेताहरू एक वर्ष कार्यकाल बढाउन तयार भएका छन्।

सभापति देउवासहित संस्थापन पक्ष मात्र होइन, नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलासहितका असन्तुष्ट पक्ष विधानअनुसार महाधिवेशन गर्न कार्यकाल थप गर्नुपर्ने पक्षमा छन्। तर कार्यकाल बढाउने कुरा अलोकप्रिय हुने निष्कर्षमा रहेका दुवै पक्षले कार्यकाल बढाउने विषयमा मुख खोलेका छैनन्।

पार्टी शीर्ष नेताहरूबीच नै बढ्दो अविश्वासका बीच असन्तुष्ट पक्ष थपिएको समयमा महाधिवेशन हुने सुनिश्चितता खोजिरहेको छ भने संस्थापन पक्ष पनि महाधिवेशन गराउन अर्को पक्षबाट सहयोग पाउनेमा आश्वस्त हुन सकेको छैन। यो खबर आजको नागरिक दैनिकमा छ ।