कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको रिट खारेज

कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको रिट खारेज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको महाधिवेशन स्थगित गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट खारेज भएको छ ।

बागमती प्रदेशका सांसद नरोत्तम वैद्यले कोरोना संक्रमणको कारण देखाएर महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिट बिहीवार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खारेज गर्ने आदेश दिएको हो ।

कांग्रेसको महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाण्डुमा हुँदैछ । हाल विभिन्न जिल्लामा वडा अधिवेशन चलिरहेको छ ।