काठमाण्डु- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समुहका जिल्ला सभापतिहरुले पार्टी कार्यालयमा धर्ना दिने भएका छन् । मंगलबार ११ बजे क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न र दुई दिन सच्याउने समय दिइनुपर्ने मागसहित पौडेल समुहका जिल्ला सभापतिहरुले पार्टी कार्यालयमा धर्ना दिन लागेका हुन् ।
उनीहरुले क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न शनिबार नै दुई दिनको समय दिएर सभापतिलाई ज्ञापन पत्र बुझाएका थिए । जिल्लाका सभापतिको निर्वाचन प्रकृयामा एक रूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्ने लगायतका उनीहरुले माग गरेका छन् । आज काठमाण्डुमा उपलब्ध सभापतिहरु धर्नामा सहभागी हुने जनाएको छ ।




प्रतिक्रिया