काठमाण्डु– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । ठमेल चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा बिहान ९ बजेदेखि जारी बैठकमा १४ औं महाधिवेशनबारे छलफल भइरहेको सहभागी एक नेताले जनाएका छन् ।
वडा अधिवेशन आउन एक साता मात्रै बाँकी रहेको समयमा आफू पक्षीय जिल्ला सभापतिहरूले तीन बुँदे माग राखेर गरेको रिले अनशनका विषयमा छलफल भइरहेको बताइएको छ ।
छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, कोषाध्यक्ष सितादेवी यादव, पूर्वसहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी, रामशरण महत, नेताहरू बलबहादुर केसी, शेखर कोइराला, दिलेन्द्र बडू र मिनेन्द्र रिजाल सहभागी छन् ।




प्रतिक्रिया