को हुन कांग्रेसको वडा सभापति बनेकी १९ वर्षिया युवती ?

को हुन कांग्रेसको वडा सभापति बनेकी १९ वर्षिया युवती ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली प्रदेशको दैलेखमा एक १९ वर्षीया युवती नेपाली कांग्रेसको वडा सभापति बनेकी छिन् । दैलेखको दुल्लु नगरपालिका-३ मा शुक्रबार भएको वडा अधिवेशनबाट स्वस्तिका महत सभापति बनेकी हुन् । कांग्रेस पुरानो पार्टी भएकाले नेतृत्वको आकांक्षामा बसेकाहरु र नयाँ पुस्ता पार्टीमा नआएको गुनासो बढिरहँदा उनलाई सभापति बनाइएको हाे । 

स्वस्तिका दैलेख कांग्रेसका स्वर्गीय नेता भूपेन्द्र महतकी छोरी हुन् । भूपेन्द्र कांग्रेस जिल्ला उपसभापति भइसकेका व्यक्ति हुन् । कलिलै उमेरमा वडा सभापतिको नेतृत्व सम्हालेर उनले स्वर्गीय पिताको राजनीतिक यात्रालाई निरन्तरता दिएकी छन् ।

स्वस्तिकालाई सर्वसम्मत रुपमा वडा सभापतिको नेतृत्व मिलेको हो । त्यसो त सो पदका आकांक्षी अरू नभएका होइनन् तर एउटी किशोरीले नेतृत्व लिने साहस देखाएपछि सबैले साथ दिएको बताइएको छ ।