देउवाको गृह जिल्लामा वडा अधिवेशन एकलौटी ढंगले गरेको भन्दै पौडेल पक्षको आपत्ती

देउवाको गृह जिल्लामा वडा अधिवेशन एकलौटी ढंगले गरेको भन्दै पौडेल पक्षको आपत्ती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महाधिवेशनको मिति जति जति नजिकिँदै छ कांग्रेसमा संस्थापन र इतर समूहबीच तिक्तता पनि बढ्दो छ । पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा एकपक्षीय ढंगले वडा अधिवेशन गरेको भन्दै नेता रामचन्द्र पौडेल समूहले आपत्ति जनाएको छ ।

देउवाले प्रहरी प्रशासनको आडमा एकलौटी रूपमा वडा अधिवेशन गरेको भन्दै डडेल्धुरा कांग्रेस सभापति कर्ण मल्ल पक्षले अधिवेशन नस्वीकार्ने चेतावनी दिइसकेको छ ।

यसैक्रममा महाधिवेशनलगायतका विषयमा कुराकानी गर्न अहिले कांग्रेस मुख्यालय सानेपामा पौडेल समूहको भेला जारी छ । पौडेल समूहले अधिवेशनहरूको समीक्षा गर्न आफूपक्षीय केन्द्रीय कमिटी सदस्यहरूको बैठक बोलाएको हो ।

बैठकमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य ड.शेखर कोइराला, सुजाता कोइराला, अर्जुननरसिंह हेसी, डा.रामशरण महत, डा. मीनेन्द्र रिजाललगायत नेताहरू सहभागी छन् ।