कांग्रेस काठमाण्डुको वडा अधिवेशन असोज ५ मा हुने

कांग्रेस काठमाण्डुको वडा अधिवेशन असोज ५ मा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस काठमाण्डुको वडा अधिवेशन यही असोज ५ गते हुने भएको छ ।

सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाण्डुको सदस्यता विवाद मिलेसँगै शुक्रबार बसेको कांग्रेस काठमाण्डु जिल्ला समितिको बैठकले असोज ५ गते वडा अधिवेशन प्रारम्भ गर्ने निर्णय गरेको हो ।

कांग्रेस काठमाण्डुका सभापति सबुज बानियाँले पार्टीको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्ग्याएर जिल्लालाई पठाइसकेकाले वडा अधिवेशन गर्न लागेको जानकारी दिए ।

काठमाण्डुमा १० निर्वाचन क्षेत्र र २० प्रदेश निर्वाचन क्षेत्र छन् । काठमाण्डु महानगरपालिकासहित ११ स्थानीय तह रहेको यस जिल्लामा १३८ वडा छन् । काठमाण्डुमा कांग्रेसको ३० हजारभन्दा बढी क्रियाशील सदस्य छन् ।