सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन कांग्रेस पदाधिकारी बैठक बस्दै

सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन कांग्रेस पदाधिकारी बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक बोलाएको छ । आज दिउँसो ३ बजे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

आजको बैठकमा पार्टीको १४ औँ महाधिवेशन र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने जनाइएको छ । देउवाले मन्त्री छान्ने र गठबन्धन तथा पार्टीभित्रको भागबन्डाका विषयमा समेत छलफल गर्ने गरी बैठक बोलाएको कांग्रेस नेताहरुले बताएका छन् ।