काठमाण्डु – नेपाली कांग्रेसले वडाअधिवेशन हुन बाँकी सबै जिल्लामा निर्वाचन अधिकृत तोकेको छ । प्रदेश दुईका आठ जिल्लासहित कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवामा वडा अधिवेशन हुन सकेको छैन । समितिले कैलालीमा यसअघि नै जिल्ला निर्वाचन अधिकृत पठाइसकेको छ । कैलालीमा टेकप्रसाद सुवेदीालाई मतदान अधिकृत तोकिएको हो ।
अधिकृतहरु काक्तिक २२ गते निर्वाचन क्षेत्रमा पुग्ने समिति सदस्य वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले बताए । समितिका अनुसार सप्तरीमा डा. रुद्र शर्मा, सिराहामा सन्जीव लामा, धनुषामा अरुण ज्ञवाली, सर्लाहीमा विनोद कार्की, महोत्तरीमा इन्द्र अधिकारी, रौतहटमा दीपकराज गिरी, बारामा ज्ञानेन्द्रपसाद अधिकारी र पर्सामा नरेन्द्र केसीलाई पठाइएको हो ।
त्यस्तै सुर्खेतमा मदन रेग्मी, बाँकेमा रेवतीरमण भट्टराई, डोल्पामा कुमारराज श्रेष्ठ र रसुवामा सुमन कुमार केसीलाई तोकिएको निर्वाचन समिति सदस्य घिमिरले जानकारी दिए । रसुवा र रौतहटमा क्रियाशील सदस्यता सूची सार्वजनिक हुन बाँकी छ । सदस्यता नटुंगिएपनि निर्वाचन समितिले भने निर्वाचन अधिकृत तोकेको हो ।
निर्वाचन समितिले वडा अधिवेशन हुन बाँकी जिल्लामा कात्तिक २७ को मिति तोकेको छ । परिमार्जित कार्यतालिका अनुसार पालिका अधिवेशन कात्तिक ३० गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर २ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर १० गते हुनेछ ।




प्रतिक्रिया