काठमाण्डु – नेपाली कांग्रेसले वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा निर्वाचन अधिकृत तोकेको छ । नेपाली कांग्रेसको १० औं महाधिवेशन अन्तगर्त प्रदेश २ का ८ जिल्ला सहित बाँके, डोल्पा, कैलाली, सुर्खेत र रसुवामा क्रियाशिल सदस्यता विवादका कारण वडा अधिवेशन हुन सकेको छैन ।
वडा अधिवेशन हुन नसकेका बाँकी ती जिल्लामा कात्तिक २७ गते अधिवेशन हुने कांग्रेसले जनाएको छ । निर्वाचन समितिले सप्तरीमा डा. रुद्र शर्मा, सिरहामा सन्जीव लामा र धनुषामा अरुण ज्ञवालीलाई निर्वाचन अधिकृत तोकेको छ ।
त्यस्तै महोत्तरीमा इन्द्र अधिकारी, सर्लाहीमा विनोद कार्की, रौतटहमा दिपकराज गिरी, पर्सामा नरेन्द्र केसी, बारामा ज्ञानेन्द्रप्रसाद अधिकारी, कैलालीमा टेकप्रसाद सुवेदी, बाँके रेवतीरमण भट्टराई, सुर्खेतमा मदन रेग्मी, रसुवामा सुमन कुमार केसी र डोल्पामा कुमार श्रेष्ठ निर्वाचन अधिकयत तोकिएका छन् ।




प्रतिक्रिया