सुर्खेतमा कांग्रेसको नयाँ नेतृत्व चयन, सबै देउवा पक्षका

सुर्खेतमा कांग्रेसको नयाँ नेतृत्व चयन, सबै देउवा पक्षका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले सुर्खेतको स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । १४औँ महाधिवेशनअन्तर्गत सुर्खेतका नौवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन भएका हुन् । स्थानीय तहमा पार्टी नेतृत्व चयनका लागि कुनै ठाउँमा निर्वाचन र कुनै ठाउँमा सर्वसम्मत नेतृत्व चयन भएको कांग्रेसका सहायक जिल्ला निर्वाचन अधिकृत दुर्गाप्रसाद सापकोटाले बताए ।

उनका अनुसार गुर्भाकोट नगरपालिकामा हस्तबहादुर पुन, लेकबेँसी नगरपालिकामा उमेश पौडेल, चिङ्गाड गाउँपालिकामा डोरप्रसाद शर्मा, भेरीगंगा नगरपालिकामा रामबहादुर सिंह, बराहताल गाउँपालिकामा भीमबहादुर भण्डारी र सिम्ता गाउँपालिकामा वीरेन्द्र रावत सभापति पदमा निर्वाचित भएका छन् ।

त्यस्तै वीरेन्द्रनगरमा उपेन्द्र खड्का, पञ्चपुरी नगरपालिकामा कृपाराम थापा र चौकुने गाउँपालिकाको कार्यसमिति सभापति पदमा नरबहादुर बान्तोला चुनिएका छन् । गुर्भाकोट र लेकबेँसी नगरपालिकाबाहेक अन्य स्थानीय तहमा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन भएको हो । स्थानीय तहको नेतृत्वमा सुर्खेका नौवटै पालिकामा सभापति शेरबहादुर देउवा पक्षको नेतृत्वमा आएको छ ।