ललितपुरका ६ वटै प्रदेशसभामा कांग्रेसको नयाँ नेतृत्व चयन

ललितपुरका ६ वटै प्रदेशसभामा कांग्रेसको नयाँ नेतृत्व चयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस ललितपुरका ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार भएको प्रदेशसभा अधिवेशनले यी निर्वाचन क्षेत्रमा नयाँ नेतृत्वको निर्वाचन र सर्वसम्मतमार्फत चयन गरिएको हो ।

ललितपुर १ ‘क’ मा मिलन सिलवाल र ‘ख’ मा जगतबहादुर सभापतिमा चयन भएका छन् । ललितपुर २ ‘क’ मा दिवाकर नेपाल निर्वाचित भएका छन् भने २ ‘ख’ मा चन्द्रमान महर्जन निर्वाचित भएका छन् ।

३ ‘क’ को प्रदेशसभा सभापतिमा वीरेन्द्र महर्जन निर्वाचित भएका छन् । ३ ‘ख’ मा सुरेन्द्र डंगोल निर्वाचत भएका छन् । ललितपुर कांग्रेस निर्वाचन समितिका संयोजक लोक कार्कीका अनुसार नवनिर्वाचित पदाधिकारीको विवरण आज शनिबार औपचारिक रुपमा सार्वजनिक गरिने छ ।