कांग्रेस डोटीको सभापतिका लागि फेरि मतदान हुँदै

कांग्रेस डोटीको सभापतिका लागि फेरि मतदान हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको जिल्ला सभापति पदका लागि फेरि मतदान हुने भएको छ । मंगलबार भएको निर्वाचनमा जिल्ला सभापति पदका लागि चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरुले ५१ प्रतिशत मत नल्याएपछि पुनः निर्वाचन हुने भएको हो ।

डोटी कांग्रेसको जिल्ला नेतृत्वका लागि पाँच जनाले उम्मेदवारी दिएका थिए । नरेन्द्रबहादुर सिंह, भूमिराज बडु, प्रदीपकुमार देउवा, नरबहादुर ढाँट र टेकराज ओझा चुनावी मैदानमा थिए । तर उनीहरूमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि आज फेरि मतदान हुन लागेको उपसभापति पदका उम्मेदवार नारायण जोशीले बताएका छन् ।