चितवन कांग्रेसको अधिवेशन स्थगित, यस्तो छ कारण


काठमाण्डु – नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन अनिश्चित बनेको छ । नेकपा एमालेले चितवनमा राष्ट्रिय महाधिवेशन गरेपछि कांग्रेस जिल्ला अधिवेशन नै अनिश्चित बनेको हो ।

एमालेको महाधिवेशन उद्घाटनकै दिन कांग्रेस चितवनको जिल्ला अधिवेशन पनि उद्घाटन गर्ने कार्यतालिका थियो । तर एमाले महाधिवेशनका कारण यातायात व्यवस्था अस्तव्यस्त भएको र मतदातालाई राख्न आवासको समेत समस्या देखिएपछि कांग्रेस जिल्ला अधिवेशन स्थगित भएको जिल्ला निर्वाचन अधिकृत कमलमोहन पोखरेलले जनाए । अधिवेशनको अर्को मिति भने तय भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement