काठमाण्डु कांग्रेसको सभापतिमा बानियाँ र कार्कीबीच दोस्रोपटक प्रतिस्पर्धा

काठमाण्डु कांग्रेसको सभापतिमा बानियाँ र कार्कीबीच दोस्रोपटक प्रतिस्पर्धा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार विभिन्न जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । काठमाण्डु, ललितपुर, भक्तपुरलगायतका अधिकांश जिल्लामा आज अधिवेशन हुन लागेको हो ।

काठमाण्डुमा बहालवाला जिल्ला सभापति कृष्ण सबुज बानियाँ र उपेन्द्र कार्कीबीच यसपटक पनि प्रतिस्पर्धा हुने भएको छ । १३औं महाधिवशेनमा पनि बानियाँ र कार्कीबीच नै सभापतिमा प्रतिस्पर्धा भएको थियो । संस्थापन पक्षका कार्कीलाई पराजित गरी प्रकाशमान सिंह निकट बानियाँ विजयी भएका थिए ।

बानियाँले शनिबार नेताहरू प्रकाशमान सिंह र गगनकुमार थापाको उपस्थितिमा उम्मेदवारी घोषणा गरेका छन् ।