कांग्रेस बागमती प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गर्दै भीमसेनदास प्रधान

कांग्रेस बागमती प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गर्दै भीमसेनदास प्रधान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने भएका छन् । नेता प्रधानले शनिबार दिउँसो ३ बजे रत्नपार्कको शान्तिबाटिकामा उम्मेदवारी घोषणा गर्ने भएका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आगामी १६ र १७ मंसिरमा प्रदेश अधिवेशन हुँदैछ । सोही प्रयोजनका लागि प्रधानले बागमती प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।

काठमाडौं कांग्रेसका पूर्वसभापतिसमेत रहेका प्रधान नेता कृष्णप्रसाद सिटौला समूहमा छन् । पछिल्लो समय प्रधानको निकटता कांग्रेस सभापति शेरबहादुर देउवासँग बढेको छ ।

कांग्रेस नेता इन्द्रबहादुर बानियाँले पनि बागमती प्रदेशको सभापतिमा उठ्ने बताएका छन् । उनी मकवानपुर कांग्रेसका सभापतिसमेत हुन् । हाल उनी कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता पनि छन् ।