कांग्रेस महाधिवेशन : जिल्ला सभापतिमा देउवा र पौडेल बराबरी (नामावलीसहित)

कांग्रेस महाधिवेशन : जिल्ला सभापतिमा देउवा र पौडेल बराबरी (नामावलीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत हालसम्म ५७ जिल्लाले नयाँ नेतृत्व पाएको छ । हालसम्म सार्वजनिक भएका जिल्लामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपक्ष बराबरी देखिएको छ ।

देउवा र पौडेल पक्ष २६/२६ जिल्लामा जितेका छन् । कृष्ण सिटौला समूहले ३ सभापति जितेको छ भने विमलेन्द्र निधि निकट एक जना सभापति निर्वाचित भएका छन् ।

यी हुन जिल्ला सभापतिहरु:

देउवा समुह :

१. गजेन्द्रप्रसाद तुम्याहाङ, ताप्लेजुङ
२. मोहनविक्रम सिंह, हुम्ला
३. पूर्णबहादुर तामाङ (कान्छाराम), रामेछाप
४. ऐनबहादुर शाही, मुगु
५. खडक बोहरा, बझाङ
६. खमबहादुर गर्बुजा, म्याग्दी
७. शंकर गुरुङ, मनाङ
८. केशरबहादुर विष्ट, सल्यान
९. दीपेन्द्र शाही, डोल्पा
१०. भीमबहादुर साउद, डडेल्धुरा
११. कर्णबहादुर शाही, जुम्ला
१३. रुपनारायण जवेगु, पाँचथर
१४. डा. टकबहादुर गुरुङ, लमजुङ
१५. नरेन्द्रबहादुर सिंह, डोटी
१६. तेजेन्द्र खनाल, ओखलढुंगा
१७. युवराज जोशी, पर्वत
१८.. डम्बर खड्का, इलाम
१९. रामकृण खाण, रुपन्देही
२०. जितेन्द्र श्रेष्ठ, ललितपुर
२१.पदम बोगटी, कञ्चनपुर
२२. खड्क पोखरेल, सुर्खेत
२३. जीतप्रकाश आले, तनहुँ
२४. हिमाल कार्की, उदयपुर
२५. दुर्लभ थापा, भक्तपुर
२६ अरुण प्रकाश सिंह राठौर, बर्दिया

पौडेल समुह :

१. दीपक खड्का, संखुवासभा
२. अम्मबहादुर शाही, कालीकोट
३. बर्मा लामा, दोलखा देउवा
४. रोमीगौचन, मुस्ताङ
५. शंकर डाँगी, दाङ
६. नन्दप्रसाद न्यौपाने, गोरखा
७. रामसिंह रावल, बाजुरा
८. केशव श्रेष्ठ, अर्घाखाँची
९. विष्णुकुमार गिरी, प्यूठान
१०. चतुरबहादुर चन्द, बैतडी
११. विनोद बान्तवा, भोजपुर
१२. अर्जुनबहादुर तुम्बाहाङ्फे, तेह्रथुम
१३. किशोर आचार्य, रोल्पा
१४. विष्णुकुमार राई, खोटाङ
१५. ललितसिंह बोहरा, दार्चुला
१६. राजु थापा स्याङ्जा
१७. हिमालदत्त श्रेष्ठ, पाल्पा
१८. अर्जुनकुमार पोखरेल, पश्चिम नवलपरासी
१९. मणिराम रेग्मी, दैलेख
२०. अब्दुलकलाम, कपिलबस्तु
२१. केदार भण्डारी, सुनसरी
२२. रमेश महत, नुवाकोट
२३. कृष्ण बानियाँ (सबुज), काठमाडौं
२४. रामनाथ अधिकारी, धादिङ
२५. खिलध्वजपन्थी, गुल्मी
२६. केशरमान रोका, रुकुमपूर्व

सिटौला समूह :

१. देउमान थेवे, झापा
२. जित शेरचन, बाग्लुङ
३ तिर्थ लामा, काभ्रे

निधि समुह

१ किशोरदत्त बराल, कास्की
तटस्थ
१. प्रेमप्रकाश ओली – रुकुम पश्चिम
२. वेदराज सिंह – जाजरकोट