१६ जिल्लामा कांग्रेसको अधिवेशन स्थगित

१६ जिल्लामा कांग्रेसको अधिवेशन स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्र्तगतको जिल्ला अधिवेशन स्थगित भएको छ । महाधिवेशन केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन स्थगित गरिएको जानकारी दिएको हो ।

‘आजका मितिसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाहरूको जिल्ला कार्यसमितिको निर्वाचनलगायत जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रमस्थगत गरिएको छ,’ बिहीबार निर्वाचन समितिद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

आजबाट प्रदेश अधिवेशन सुरु भएकाले जिल्लाको अधिवेशन अब १४औँ महाधिवेशनपछि मात्रै गर्ने निर्णय भएको समितिले जनाएको छ । काँग्रेसले अहिलेसम्म ६१ जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ ।