कांग्रेस केन्द्रीय सदस्यमा पर्यटन व्यवसायी डा थपलियाको उम्मेदवारी घोषणा

कांग्रेस केन्द्रीय सदस्यमा पर्यटन व्यवसायी डा थपलियाको उम्मेदवारी घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा डा. रामशरण थपलियाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पुर्ख्यौली घर धादिङ भएका थपलिया काठमाण्डु ७ बाट महाधिवेशन प्रतिनिधि बनेका हुन् । उनि पर्यटन व्यवसायी समेत हुन् ।

डा. थपलिया नेपाल उद्योग वाणिज्य संघको समेत केन्द्रीय सदस्य हुन् । अधिवक्ता समेत रहेका थपलियाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र अन्तर्गत ‘लोकतन्त्र निर्माणमा नेपाली राजनीतिक दलहरुको भूमिका’ विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका हुन् । थपलिया संस्थापन इतर समूहनिकट मानिन्छन् ।