कांग्रेस महाधिवेशनका लागि ६ बुँदे आचारसंहिता जारी, मतदानस्थलमा मोबाइल निषेध

कांग्रेस महाधिवेशनका लागि ६ बुँदे आचारसंहिता जारी, मतदानस्थलमा मोबाइल निषेध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनका लागि ६ बुँदे आचारसंहिता जारी गरेको छ । कांग्रेस निर्वाचन समितिले आज एक विज्ञप्ति जारी गर्दै आचारसंहिताबारे जानकारी दिएको हो ।

उम्मेदवारीको प्रचारप्रसार गर्दा भिजिटिङ कार्ड र सामान्य अपील गर्न सकिनेछ । तर, कसैको पनि व्यक्तिगत चरित्रमा लान्छना लाग्नेगरी प्रचार–प्रसार गर्न पाइने छैन ।

भृकुटीमण्डपस्थित महाधिवेशनस्थल वरपर ५०० मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रचार सामग्री राख्न पाइने छैन । जारी आचारसंहिता अनुसार मतदानस्थलभित्र प्रवेश गर्ने प्रतिनिधिहरूले मोबाइलसमेत लैजान पाउने छैनन् ।

कांग्रेसको निर्वाचन कार्यक्रम मंसिर २४ गते बिहान १० बजेदेखि सुरु हुनेछ । यस्तै मतदानको समय २७ गते बिहान ८ बजेदेखि तोकिएको छ ।