काठमाण्डु – नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज दिउँसो पुनः मतदान हुने भएको छ ।
पहिलो चरणको निर्वाचनमा सभापतिका प्रत्यासी कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि आज दिउँसो साढे ३ बजे पुनः मतदान हुन लागेको हो ।
राष्ट्रिय सभा गृह र भृकुटीमण्डपमा सोमबार तोकिएका ३ ठाउँमै दिउँसो साढे ३ बजेदेखि ७ः३० सम्म चुनाव हुने नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
यसअघि सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । तर आज दोस्रो चरण अन्तर्गत देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुने भएको हो ।
सोमबार भएको मतदानमा महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । जसमध्ये ७६ मत बदर भएको थियो ।
पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् । कोइरालाले १७०२, सिंहले ३७१ निधिले २५० र गुरुङले २२ मत प्राप्त गरेका छन् ।




प्रतिक्रिया