काठमाण्डु – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सहमहामन्त्रीको मतगणना जारी छ ।
जारी मत गणनामा आदिवासी जनजातितर्फ एक हजार ६०० मत गन्दा भीष्मराज आङदेम्बेले ९३५ मत ल्याएर अग्रता कायमै राखेका छन् । उनका प्रतिद्वन्द्वी विकाश लामा २९२ मतले पछि परेका छन् । लामाले ६४३ मत ल्याएका छन् ।
आदिवासी जनजाति कोटाबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने छन् । सहमहामन्त्री उम्मेदवारका आठ क्लस्टरमध्ये अहिले दलित, महिला र आदिवासी जनजातिको मतगणना भइरहेको छ ।




प्रतिक्रिया