कांग्रेसको १४ औँ महाधिवेशन : केन्द्रीय कार्यसमिति सदस्य खुल्लातर्फको मत गणना सुरु

कांग्रेसको १४ औँ महाधिवेशन : केन्द्रीय कार्यसमिति सदस्य खुल्लातर्फको मत गणना सुरु


काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति सदस्य खुल्लातर्फको मत गणना सुरू भएको छ । केन्द्रीय कार्यालय सानेपामा मतगणना भइरहेको बताइएको छ । सभापति बाहेक सबै पदको गणना सानेपामा भइरहेको छ । सभापतिदेखि केन्द्रीय सदस्यसम्म एक सय ३४ केन्द्रीय कार्यसमितिका लागि सोमवार मतदान भएको थियो ।

सभापतिसहित १३ पदाधिकारीको नतिजा भने सार्वजनिक भइसकेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने विधानको व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, हरेक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी र जनजाति १५, खस/आर्य १३, मधेसी नौ, था? चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएकाबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्य चयन हुने व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।