कांग्रेस खुला महिलातर्फको मतगणना जारी

कांग्रेस खुला महिलातर्फको मतगणना जारी


काठमाण्डु – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुला महिलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी छ ।हिजो आइतबार खुला केन्द्रीय सदस्यको मतगणना सकिएपछि खुला महिलातर्फको मतगणना शुरू गरिएको थियो ।

कांग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठकाअनुसार हिजो बेलुकासम्म सात सय मत गनिएको थियो । बाँकी मतगणना आज बिहान १० बजेदेखि पुनः शुरु गरिएको हो । मत गणना कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ । खुला महिलातर्फ ९ जना निर्वाचित हुने छन् ।

यस्तै, अहिले खुला महिलातर्फको मतगणनासँगै मधेशी क्लस्टरतर्फको केन्द्रीय सदस्यको मतगणना पनि भइरहेको छ । मधेशी क्लस्टरतर्फ चार जना निर्वाचित हुने व्यवस्था छ । बुधबारसम्ममा सबै मत गणना सक्ने कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।