कांग्रेसका निर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र प्रदान

कांग्रेसका निर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र प्रदान


काठमाण्डु – नेपाली कांग्रेसको १४औँ महाधिवेशबाट नव निर्वाचित सभापतिसहितका पदाधिकारी र सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ ।

शनिबार प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासहितका पदाधिकारी र सदस्यलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित समारोहमा पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले महाधिवेशनबाट निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् ।

पदाधिकारी र सदस्यलाई प्रमाणपत्र प्रदान गरिएसँगै नेपाली कांग्रेसको १४औँ महाधिवेशन औपचारिकरुपमा समापन भएको छ ।