कांग्रेस सांसदको टिकट बाड्ने जिम्मा देउवालाई

कांग्रेस सांसदको टिकट बाड्ने जिम्मा देउवालाई


काठमाण्डु – नेपाली काँग्रेसले आगामी निर्वाचनमा सांसदको टिकट बाँड्ने सम्पूर्ण अधिकार सभापति शेरबहादुर देउवालाई दिएको छ ।

१४औं महाधिवेशनबाट निर्वाचित पहिलो केन्द्रीय कार्यसमितिको शानिबार बसेको बैठकले सांसदको टिकट बाड्ने जिम्मा सभापति देउवालाई दिने निर्णय गरेको हो ।

आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचरिक पत्र प्रदान गर्न पार्टी सभापति देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको काँग्रेसले जनाएको छ ।

यसैगरी उक्त चुनाव प्रयोजनको निम्ति निर्वाचनमा दल दर्ताको निम्ति आवश्यक प्रक्रिया पूरा गर्न काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।