काठमाण्डु – नेपाली कांग्रेसले अधिवेशन गर्न बाँकी रहेको जिल्लाहरुको अधिवेशन माघ १५ गते गर्ने भएको छ । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत कांग्रेसको १६ जिल्लामा अधिवेशन गर्न बाँकी छ ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले बाँकी जिल्लाको अधिवेशन माघ १५ गतेका लागि सारेको हो । माघ १२ गते सातवटै प्रदेशमा राष्ट्रिय सभा सदस्यको १९ पदका लागि चुनाव हुँदैछ ।
नेताहरु सोको तयारीमा लाग्ने भएकाले १६ जिल्लाको अधिवेशन माघ १५ गते शनिबारका दिन गर्ने निर्णय भएको सचिव केशव रिजालले जानकारी दिए ।




प्रतिक्रिया