काठमाण्डु – नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । प्रधानमन्त्री एवम् कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।
शुक्रबारका लागि बैठक बोलाइएको बैठक बढ्दो कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै भर्चुअल बस्ने सभापति देउवाको सचिवालयले जनाएको छ । कांग्रेसको १४औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि तेस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
बैठकमा राष्ट्रियसभा निर्वाचनको समीक्षासँगै स्थानीय निर्वाचनका विषयमा छलफल हुने बताइएको छ । देउवाले पार्टीमा छलफल नगरेर एकलौटी निर्णय लिन खोजेको भन्दै शेखर कोइराला पक्षले स्थानिय निर्वाचका विषयमा पार्टीमा छलफल गरिनुपर्ने माग गरेको थियो ।
विधानमा कांग्रेस केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुने व्यवस्था छ । अहिले १४८ केन्द्रीय सदस्य रहेका छन् । महाधिवेशनबाट १३४ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । ३३ जना सभापतिले मनोनित गर्न पाउने सुविधाअनुसार १३ जना केन्द्रीय सदस्य मनोनित भइसकेका हुन् ।




प्रतिक्रिया