काठमाण्डु – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । स्थानीय तह निर्वाचनबारे छलफल गर्न बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।
पार्टी सहमहामन्त्री भीष्मराज आङदेम्बेले स्थानीय तह निर्वाचन, अतिरिक्त म्याद सकिएका भातृ तथा शुभेच्छुक संगठन र बाँकी रहेको जिल्ला अधिवेशनलगायत विषयमा छलफल हुने बताए ।
कांग्रेसको १६ जिल्लामा अधिवेशन हुन बाँकी छ । भोलि बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकका एजेन्डामाथि आज छलफल हुन लागेको हो ।




प्रतिक्रिया