काठमाण्डु – मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गर्न नेपाली कांग्रेस तयार भएको छ । मंगलबार बिहान नयाँबानेश्वरस्थित संसद भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसी पासन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
‘आजको बैठकमा एमसीसीबारे छलफल भयो । एमसीसी चलेका देशमा सेना आएका छैनन् । यो सबै भ्रम मात्रै फैलाइएको हो । सबैजसोको धारणा पास गर्नुपर्छ भन्ने छ, भोलिको बैठकमा पेस हुन्छ, बैठकपछि कांग्रेस नेता शशांक कोइरालाले भने ।
सभामुख अग्नि सापकोटाले बुधबारका लागि प्रतिनिधिसभाको बैठक बोलाएका छन् । उक्त बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी टेबुल गर्ने प्रबल सम्भावना रहेको नेता कोइरालाले बताए ।
यसैबीच कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकबीचमै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेका थिए । उनले सापकोटालाई फोन गरेर कार्यव्यवस्था कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गरेका छन् ।
उनले बैठकमा एमसीसीसँगको सम्झौता नेपालको हितमा रहेको भन्दै त्यसलाई पास गर्नुको विकल्प नरहेको बताएका थिए । सभामुख सापकोटा पनि दलहरु सहमति गरेर आए आफुले एमसीसी नरोक्ने पक्षमा पुगेका छन् ।




प्रतिक्रिया