कांग्रेसको पदाधिकारी बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

कांग्रेसको पदाधिकारी बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । बैठकले एमसीसी पारित गर्ने विषयमा महत्वपूर्ण निर्णय लिने बुझिएको छ ।

त्यस्तै बैठकमा पार्टीका भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको विधानमाथि छलफल हुने सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । उनका अनुसार केन्द्रीय सदस्य एनपी साउद नेतृत्वको समितिले तयार पारेको ड्राफ्ट भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका विधानको रूपमा पारित भइसकेपछि पदाधिकारी बैठकमा छलफल भइरहेको छ ।

पदाधिकारी बैठकमा छलफल गरेर विधानमाथि सुझाव दिने सहमहामन्त्री पाण्डेले बताए । केही दिनदेखि जारी छलफलमा दलित संघ, महिला संघलगायत ६ वटा भ्रातृसंघको विधानमाथि छलफल गरेर सुझाव दिनेछन् ।

कांग्रेसले भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको अधिवेशन विधानअनुसार गर्न नसक्दा आलोचना हुँदै आएको छ भने भ्रातृ संघले गति लिन नसक्दा ऊर्जाहीन भएका छन् । पार्टीको १४औ महाधिवेशनमार्फत शेरबहादुर देउवा सभापतिमा दोहोरिएपछि म्याद गुज्रिएका सबै भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन गर्ने कांग्रेसले तयारी गरेको छ ।