कांग्रेस अभिवेशन : लामो रस्साकस्सीपछी जुट्यो सहमति

कांग्रेस अभिवेशन : लामो रस्साकस्सीपछी जुट्यो सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी – कांग्रेस महोत्तरी लामो रस्साकस्सीपछी जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । केन्द्रिय अधिवेशन भइसक्दा पनि प्यानलहरू बीचको आफ्नै अडानले पटक–पटक बिथोलिँदै आएको अधिवेशन अन्ततः गर्नेगरी सहमति जुटेको हो ।

शेरबहादुर देउवा, रामचन्द्र पौडेल र विमलेन्द्र निधि प्यानलबीचमा लामो समयसम्म चलेको तिक्ततामा आत्मसमीक्षा गर्दै लोकतान्त्रिक प्रक्रियाअनुसार अधिवेशन हुने साझा सहमति भएपछि अधिवेशनको बाटो खुला भएको कांग्रेस महोत्तरीले जनाएको छ ।

अधिवेशन रोक्न कहिले मतदान अधिकृतको अपहरण त कहिले समूह–समूहबीचमा नै झडपको स्थिति बनेपछि बिथोलिँदै आएको वडा, नगर र क्षेत्रको अधिवेशनसमेत सम्पन्न भएको छ ।

सोही विवाद कै कारण पटक–पटक बिथोलिँदै आएको मनरासिस्वा नगरपालिका–८, वल्वा नगरपालिका र क्षेत्र नंम्बर ३ को अधिवेशनसमेत केही दिन अगाडि सम्पन्न भएको छ । योसँगै जिल्ला अधिवेशनको बाटो खुल्ला भएपछि अहिले प्यानलहरू जिल्लामा आफ्नो उम्मेदवारको लागि लविङ गरिरहेका छन् ।

मधेश प्रदेशका ठूला चाडपर्व यो बीचमा नै परेको हुनाले १९ फागुनमा जिल्ला अशिवेशनको लागि मनोनयन दर्ता हुने कांग्रेस महोत्तरीले जनाएको छ ।

अहिले जिल्लामा देउवा प्यानलवाट दुई जना र पौडेल प्यानलवाट एक जना गरी ३ जनाले जिल्ला सभापतिको लागी उम्मेदवारी घोषणा गरेका छन् । घोषणा गर्नेहरुमा पौडेल प्यानलवाट बजरङ्ग नेपाली र देउवा प्यानलवाट नागेस्वर यादव, सुशील यादव छन् ।

अधिवेशनको गृहकार्य अगाडि बढाइए पनि अधिवेशनको मिति भने घोषणा भएको छैन । ‘सम्भवतः २३ फागुनमा निर्वाचन हुनेछ,’ कांग्रेस महोत्तरीका सचिव सम्भु पाठकले भने ।

केन्द्रले यथासक्य अधिवेशन समपन्न गर्न निर्देशन दिएपछि यही महिनाभित्रै अधिवेशन सकाउने कांग्रेस महोत्तरीको तयारी छ ।