काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । सोमबार ११ः ३० बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकले स्थानीय निर्वाचनमा तालमेलका लागि सैद्धान्तिक निर्णय लिने तयारी गरेको छ ।
पार्टी प्रवक्ता प्रकाशशरण महतले आज बस्ने केन्द्रीय कमिटी बैठकले गठबन्धनको पक्षमा सैद्धान्तिक निर्णय लिने जानकारी दिए । उनका अनुसार जिल्लागत भ्रमणबाट फर्किएका प्रतिनिधिको रिपोर्टिङ पछि पदाधिकारीले धारणा राखेर आजै बैठक टुंग्याउने तयारी छ ।
शुक्रबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा आइतबारसम्म ‘घर घर जाऔं काँग्रेस जिताऔँ’ अभियानबाट फर्किएका ६० जना केन्द्रीय सदस्य तथा प्रतिनिधिले रिपोर्टिङ गरेका छन् ।
साथै ६ जना प्रदेश सभापतिले पनि रिपोर्टिङ गरेका छन् । आइतबार अभियानमा खटेका बाहेक १६ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । आजको बैठकमा १७ जना प्रतिनिधि र शीर्ष नेताले धारणा राख्ने प्रवक्ता महतले बताए ।




प्रतिक्रिया