उम्मेदवार टुंगो लगाउन कांग्रेसले सातै प्रदेशमा सहमहामन्त्री खटाउने

उम्मेदवार टुंगो लगाउन कांग्रेसले सातै प्रदेशमा सहमहामन्त्री खटाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले स्थानीय निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन सात प्रदेशमा पार्टीका सात जना सहमहामन्त्रीलाई पठाउने निर्णय गरेको छ ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नगरपालिका र गाउँपालिकाका उमेदवारको टुंगो लगाउन वैशाख ३ गते सहमहामन्त्रीलाई सात प्रदेशमा पठाउने निर्णय गरेको हो ।

उनीहरूलाई प्रदेशमा उमेदवार टुंगो लगाउने जिम्मेवारी दिइएको छ । प्रदेशमा उम्मेदवारको टुंगो लगाउन नसके वैशाख ९ गते साँझसम्म केन्द्रमा नामावली पठाउने र केन्द्रले वैशाख १० गते बिहानसम्म टुंगो लगाउने निर्णय गरेको छ ।

वैशाख २ गते केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बोलाइएको छ ।