घाइते बालिकाको उपचारमा सरकारले ध्यान देओस– सांसद भुसाल

घाइते बालिकाको उपचारमा सरकारले ध्यान देओस– सांसद भुसाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले गएराति पाँचथरको मिक्लाजुङ गाउँपालिका– ३ आरुबोटेमा दुईवटा परिवारका ९ जनाको हत्या गर्ने हत्यारालाई कानुनको दायरामा ल्याई कारबाही गर्न माग गरेको छ ।

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतमले मंगरबारको प्रतिनिधिसभा बैठकमा सोमबार राति अज्ञात समूहले ९ जनाको हत्या गरेको भन्दै सरकारले हत्याराको पहिचान गरी छिटो कारबाही गर्नु पर्ने बताइन् ।

‘अपराधीलाई कारबाहीको दायरामा ल्याइयोस,’ उनले भनिन, ‘घाइते १२ वर्षीया सीता खाजुमको उपचारमा सरकारले ध्यान देओस् ।’

अज्ञात समूहले ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती पुर्सीमाया फियाक र १२ वर्षीया आशिका खजुम लिम्बूलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको थियो ।