काठमाण्डु – नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज शुक्रबार बस्दैछ । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।
बैठकमा उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उम्मेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुने एक नेताले बताए । कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा समिति गठन गरेको थियो ।
समितिमा कांग्रेसका अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहित आठ सहमहामन्त्री र ३९ केन्द्रीय सदस्य रहेका छन् । कांग्रेसले स्थानीय आवश्यकताका आधारमा गठबन्धनभित्रका दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरिसकेको छ ।




प्रतिक्रिया