कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेण्डा

कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज अपरान्ह ३ बजे बस्ने भएको छ । बैठक पार्टी कार्यालय सानेपामा बस्ने भएको हो ।

केन्द्रीय कार्यालय सानेपामा बस्ने पदाधिकारी बैठकले सोमबार बस्ने केन्द्रीय समिति बैठकमा निर्णय सुनाउने तथा आवश्यक निर्णयका बारेमा गृहकार्य गर्ने बुझिएको छ । शनिबार नै केन्द्रीय समितिको बैठक सक्ने तयारी भए‍ पनि नेताहरूले बोल्ने पालो नसकिएकाले बैठक लम्बिएको हो ।

यसपटकको कांग्रेस बैठकमा संस्थापन र इतर पक्षका नेताहरूबीच आरोप/प्रत्यारोप सुरु भएको छ । खासगरी महामन्त्रीद्वय गगन थापा र‍ विश्वप्रकाश शर्मामाथि देउवा निकट नेताहरू बढी नै आक्रमक देखिएका छन् । प्रत्युत्तरमा थापा र शर्माले पनि देउवाले कार्यशैली नसुधारे चुप नबस्ने चेतावनी दिएका छन् ।