राप्रपामा पहिरो, डोल्पा सभापतिसहित ५३ जना कांग्रेसमा प्रवेश

राप्रपामा पहिरो, डोल्पा सभापतिसहित ५३ जना कांग्रेसमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राप्रपाका केन्द्रीय सदस्य कर्ण बुढासहित डोल्पाका ५३ जना नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा कार्यक्रम आयोजना गरेर राप्रपा कर्णाली संयोजक समेत रहेका बुढासहितका नेता कार्यकर्तालाई पार्टीमा भित्र्याएको हो ।

उनीहरुलाइ सभापति शेरबहादुर देउवाले पार्टी सदस्यता वितरण गरेका छन् । पार्टी प्रवेश कार्यक्रमामा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिहरु विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्री कृष्ण सिटौलालगाएतका नेताहरु उपस्थित थिए ।

कार्यक्रममा डोल्पाबाट प्रतिनिधित्व गर्ने कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीले बुढासहितका राप्रपाका नेता कार्यकर्ता कांग्रेस प्रवेशले आगामी निर्वाचनमा कांग्रेसको जीत हुने विश्वास व्यक्त गरे ।