काठमाण्डु – विभिन्न राजनीतिक दलका नेताहरु आसन्न निर्वाचनमा होमिएका छन् । उनीहरु चुनावी तयारीका लागि गाँउगाँउ पुगेका छन् । अहिले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्नेक्रम जारी छ ।
केन्द्रको निर्देशन अनुसार नेपाली कांग्रेसको क्षेत्रीय कमिटिहरुले निर्वाचनमा सहभागी हुन चाहाने उम्मेदवारको नाम सिफारिस गरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका सबै पदाधिकारी प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने भएका छन् ।
त्यसका लागि क्षेत्रीय कमिटिले पदाधिकारीको नाम माथिल्लो निकायमा सिफारिस गरेको हो । प्रधानमन्त्री देउवा डडेल्धुराबाट सर्वसम्मत सिफारिस भएका छन् । उपसभापति पूर्णबहादुर खड्का सुर्खेत १ र अर्का उपसभापति धनराज गुरुङ स्याङ्जा– १ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् ।
महामन्त्रीहरू गगन थापा काठमाण्डु– ४ बाट र विश्वप्रकाश शर्मा झापा– १ बाट, सहमहामन्त्रीहरू डिना उपाध्याय मकवानपुर– २, किशोरसिंह राठौर बाँके ३ र बद्री पाण्डे बाजुराबाट, भीष्मराज आङ्देम्बे पाँचथर, महेन्द्र यादव धनुषा– ४, उमाकान्त चौधरी बारा– १, जीवन परियार कास्की– १, फरमुल्लाह मन्सुर बारा– ३ बाट सिफारिस भएका छन् ।
त्यस्तै पूर्वमहामन्त्री शशांक कोइराला पूर्वी नवलपरासी– १ बाट सिफारिस भएका छन् । नेता रामचन्द्र पौडेल तनहुँ १, शेखर कोइराला मोरङ ६ बाट सिफारिस भएका छन् । पूर्वमहामन्त्री तथा अर्का नेता कृष्णप्रसाद सिटौला झापा– ३, पूर्वउपसभापति विजय गच्छेदार सुनसरी ३, सुजाता कोइराला मोरङ २ र प्रवक्ता डा प्रकाशशरण महत नुवाकोट १ बाट सिफारिस भएका छन् ।




प्रतिक्रिया