काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समानुपातिक उम्मेदवारको सूची संशोधन गर्न तयार भएका छन् ।
कांग्रेसको संस्थापनइतर समूहले चर्को विरोध गरेपछि सभापति समेत रहेका देउवाले समानुपातिकको सूची सच्याउन तयार भएका हुन् ।
समानुपातिक उम्मेदवार सूची संशोधन गर्न अहिले देउवासहित पार्टीका शीर्ष नेताहरू बिहान १० बजेदेखि बालुवाटारमा छलफलमा जुटेका एक नेताले जानकारी दिए ।
उनका अनुसार शेखर–गगन समूहले लगातार दबाब बढाउँदै लगेपछि चुनावमा सम्भावित जोखिम टार्न देउवा इतर समूहलाई ३० प्रतिशत दिन तयार भएका छन् ।
निर्वाचन आयोगले दलहरुलाई असोज १६ भित्र समानुपातिक उम्मेदवार सूची संशोधन गर्न समय दिएको छ ।
कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापा निकटका नेताहरूले प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक उम्मेदवार तय गर्दा देउवा पक्षले एकलौटी गरेको आरोप लगाँउदै आएको थियाे ।
प्रतिनिधिसभातर्फ ११० जनाको नाम बन्दसूचीमा राख्दा कोइराला पक्षका १४ जनालाई मात्रै समेटेकाे थियाे ।




प्रतिक्रिया