काँग्रेसलाई नयाँ उम्मेदवारी दर्ता गराउन आयोगले समय दिने

काँग्रेसलाई नयाँ उम्मेदवारी दर्ता गराउन आयोगले समय दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसलाई नयाँ उम्मेदवारी दर्ता गराउन निर्वाचन आयोगले समय दिने भएको छ ।

मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभाका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपछि आयोगले नयाँ उम्मेदवारी दर्ता गराउन कांग्रेसलाई समय दिने भएको हो । आयोगले निर्वाचन भने निर्धारित समयमै हुने दावी गरेको छ ।

निर्वाचन निर्धारित मिति मंसिर ४ मै हुने निर्वाचन आयोगको प्रदेश १ कार्यालय विराटनगरका प्रखुम लेवन काश्यप अधिकारीले बताए । प्रदेश निर्वाचन ऐनको दफा ३२ मा उम्मेदवारको मृत्यु भएमा के गर्ने भन्ने विषय उल्लेख छ ।

बुधबार बिहान उपचारका क्रममा थापाको निधन भएको हो । उम्मेदवारी मनोनयन दर्ताको भोलिपल्ट २४ असोजमा अचानक अस्वस्थ भएपछि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो । त्यहाँ उपचार नभएपछि २५ दिन काठमाडौँको ह्याम्स अस्पतालमा भर्ना गरियो । गम्भीर प्रकारको निमोनिया देखिएपछि थप उपचारका लागि २७ असोजमा हेलिकप्टरमा काठमाण्डु ल्याइएको थियो ।

२५ दिन काठमाण्डुमा उपचार गर्दा उनको स्वास्थ्यमा सुधार भएपछि आफन्तले विराटनगर ल्याएर नोबेल मेडिकल कलेजमा भर्ना गरेका छन् । स्वास्थ्यमा सुधार भए पनि अत्यधिक कमजोर भएका कारण उनलाई निरन्तर अक्सिजन सहयोगमा राखिएको थियो । उपचारकै क्रममा उनको बुधबार बिहान निधन भएको हो । प्रदेश १ सरकारका वन वातावरण तथा भू संरक्षण मन्त्री रहेका थापा कांग्रेसका पुराना नेता हुन् ।

गिरिजाप्रसाद कोइरालाको आठ वर्ष निजी सचिव भएर काम गरेर थापा २०७४ सालमा समानुपातिक सांसद निर्वाचित भएका थिए । यो पटक उनलाई पार्टीले प्रदेशमा प्रत्यक्षतर्फको टिकट दिएको थियो । क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनबाट डा।सुनिल शर्मा, एमालेबाट भानुभक्त ढकाल र राप्रपाबाट रेखा थापा उम्मेदवार छन् । क्षेत्र नम्बर ३ को प्रदेश ‘क’ मा एमालेबाट किशोर राई र कांग्रेसबाट थापा उम्मेदवार छन् ।