काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।
बुधवार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले कास्की क्षेत्र नम्बर २ का लागि खेमराज पौडेललाई उठाउने तयारी रहेको स्रोतले बतायो ।
बुधवार बिहान बसेको पदाधिकारी बैठकले अन्य उम्मेदवारको घोषणा गर्ने जिम्मा सभापति देउवालाई दिएको छ ।
केहीबेरमा पत्रकार सम्मेलन गरेर कांग्रेसले उम्मेद्वारबारे जानकारी दिँदैछ ।




प्रतिक्रिया