काँग्रेसका उम्मेद्वार कृष्ण भँडेललाई मातृशोक

काँग्रेसका उम्मेद्वार कृष्ण भँडेललाई मातृशोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – नेपाली काँग्रेसका उम्मेदवार कृष्ण भँडेललाई मातृशोक परेको छ । भँडेलकी ९० वर्षकी आमा सेतीदेवीको आइतबार बिहान निधन भएको नेपाली कांग्रेसका नेता गगन थापाले जानकारी दिएका छन् ।

। नेता थापाले सामाजिक सञ्जालमार्फत ट्वीट गर्दै भनेका छन्, ‘भक्तपुरको बागेश्वरीमा चुनावी सभाका लागि घरबाट निस्कनै लाग्दा खबर आयो, हाम्रो उम्मेदवार कृष्ण भँडेलको ममतामयी अमा स्वर्गबास हुनुभएको ।’

सेतीदेवीको पार्थिव शरीरलाई आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर–१ (क) बाट उम्मेदवार दिएका भँडेल आइतबार बागेश्वरीमा चुनावी सभाको तयारीमा रहेका थिए ।