सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेतामा शाह चयन

सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेतामा शाह चयन


काठमाण्डु- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह चयन भएका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट निर्वाचित भएका शाह दलको नेतामा सर्वसम्मत चयन भएका हुन् ।

दलको नेतामा आकांक्षी रहेका आफूसहितका अन्यले शाहलाई समर्थन गरेपछि उनी सर्वसम्मत चयन भएका जनाइएको छ । कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मेघराज खड्का, प्रकाश देउवासहितका ७ जनाले आकांक्षा राखेका थिए ।