प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार बानेश्वरस्थित संसद भवनमा बसेको कांग्रेस कार्य सम्पादनको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकमा प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव कार्यसम्पादन र संसदीय दलको बैठकबाट पारित भएको जनाइएको छ ।

प्रतिनिधिसभामा कांग्रेसका ८८ सांसद छन् ।