आफ्ना सांसदलाई कांग्रेसको निर्देशन- ९ माघसम्म काठमाण्डु नछाड्नू

आफ्ना सांसदलाई कांग्रेसको निर्देशन- ९ माघसम्म काठमाण्डु नछाड्नू


काठमाण्डु- नेपाली कांग्रेसले आगामी माघ ९ गतेसम्म आफ्ना सांसदहरूलाई काठमाण्डु नछाड्न उर्दी जारी गरेको छ।

कांग्रेसले पछिल्लो सयमको राजनीतिक परिस्थितिका कारण सांसदसँग जुनसुकै बेलामा पनि छलफल गर्नपर्ने भएकाले काठमाण्डु नछाड्न सांसदलाई निर्देशन दिएको हो । यदी आवश्यक परेको खण्डमा जानकारी गराएर काठमाण्डु बाहिर जान सकिने बताइएको छ ।

सरकारले संसद्मा लिएको विश्वाशको मत, सभामुख–उपसभामुखको निर्वाचन, बदलिँदो राजनीतिक परिस्थितिलगायतलाई दृष्टिगत गरी सांसदलाई काठमाण्डुं नछाड्न भनिएको सांसद वीरबहादुर बलायरले बताए । मंगलबार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको छ ।

प्रचण्डले प्रधानमन्त्री पदका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेस गर्दा समर्थन नगरेको कांग्रेस प्रमुख प्रतिपक्षी दल बन्ने र कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा विपक्षी दलका नेता बन्ने अनुमान थियो । तर, मंगलबार संसदमा कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको हो ।

नेपाली कांग्रेसले पनि प्रचण्डलाई विश्वासको मत दिएसँगै सामाजिक सञ्जालमा विभिन्न किसिमका टिका टिप्पणी भइरहेका छन् ।