काठमाण्डु- नेपाली कांग्रेसका पदाधिकारी राष्ट्रपति चुनावको प्रचारप्रसारमा जुटेका छन् ।
बुधबार धुम्बाराहीमा बुधबार बसेको बैठकले पदाधिकारीहरूलाई सातै प्रदेशमा खटाउने निर्णय गरेको थियो । जसअनुसार राष्ट्रपति चुनावको प्रचारप्रसार गर्न र प्रदेशसभा सदस्यहरूसँग अन्तर्क्रिया गर्न कांग्रेसले पदाधिकारीलाई प्रदेशमा खटाएको हो।
जसअनुसार बागमती प्रदेशमा महामन्त्री गगन थापा, गण्डकी प्रदेशमा उपसभापति धनराज गुरूङ, कोसी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेश प्रदेशमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, लुम्बिनी प्रदेशमा सहमहामन्त्री किशोरसिंह राठौर, कर्णाली प्रदेशमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिम प्रदेशमा सहमहामन्त्री बद्री पाण्डेलाई खटाइएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
त्यस्तै कांग्रेसले सातै प्रदेशका पार्टी सभापतिहरूलाई पनि राष्ट्रपति चुनावमा खट्न जिम्मेवारी दिएको छ। आठ दलको समर्थनमा कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाएको छ ।




प्रतिक्रिया