काठमाण्डु- नेपाली कांग्रेसले सरकारमा मन्त्री पठाउन मापदण्ड तोकेको छ । आइतबार विहान बसेको कार्यसम्पादन समितिको बैठकले सरकारमा पठाउने मन्त्री छनोटका लागि चारवटा मापदण्ड तोकेको हो ।
अब चारवटा मापदण्डका आधारमा कांग्रेसले सरकारमा आफ्नोतर्फबाट मन्त्री पठाउने भएको छ । जसअनुसार कांग्रेसले योग्यता, क्षमता, आपसी समझदारी र सन्तुलन कायम राखेर कांग्रेसले मन्त्रीलाई सरकार पठाउने निर्णय गरेको जनाइएको छ । त्यस्तै कांग्रेस कसको नेतृत्वमा सरकारमा जान्छ भनेर टुंगो लागिसकेको छैन ।




प्रतिक्रिया