धादिङ बस दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त


काठमाण्डु – काठमाण्डुबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेबाट त्रिशूली नदीमा खस्दा ८ जनाको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेका छन् ।

सभापति शेरबहादुर देउवाले बुधवार विज्ञप्तिमार्फत मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन् ।

उनले बेपत्ता भएकाको खोजी कार्यलाई तीव्र पार्न र घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेका छन् ।

सभापति देउवाले पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी घटनाको गहिरो अध्ययन गरेर यस्ता घटनालाई नियन्त्रण गर्न, गराउन सरकारको ध्यानाकृष्ट समेत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement